यि हुन आफ्नै भदोलाई खुर्पा हान्ने निर्दयी फुपु

विदुर खबर २०७६ कार्तिक १५ गते २१:०२

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्वर १२ को देउराली लामाटोल खुर्पा प्रहारबाट एक बालकको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा देउराली लामाटोलका नबराज मगरको ३ बर्षिय छोरा सुजन रानामगर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । रीसको झोकमा आफ्नै फुपुले नवराजलाई खुर्पाले हानेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले जानकारी दिए । बालकको घटनास्थलमा नै मृत्यु भएको काफ्लेले बताए ।
खुकुरी प्रहार गर्ने फुपु पार्बती रानामगरलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले विदुर खबरलाई बताए ।

घटना अपरान्ह ४ः २० बजेको भएको बताइएको छ । घटनाका थप अनुसन्धान भईरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया