दाङमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, २६ जना घाइते
विदुर खबर
२०७६ कार्तिक १५ गते १९:३९

दाङ । दाङको देउखुरीमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना बालिकाको ज्यान गएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा गढवा गाउँपालिका ६ को मनिकापुरकी ११ वर्षीया निनु पुन, १२ वर्षीया सिमा परियार र १२ वर्षीया सुनिता पुनमगर रहेको प्रहरीले जनाएको छ । गढवा गाउँपालिका-६, को मनिकापुरमा भैलो खेलेर संकलन भएको रकमले कोइलाबासको चिसापानीमा वनभोज खाएर फर्कने क्रममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना बालिकाको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका तीन जना बालिकाको उपचारको क्रममा गढवा स्वास्थ्य चौकीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रा १ त २३९३ नम्बरको ट्याक्टरको ट्रली पल्टिँदा अन्य २६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया