दाङमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गयो, २६ जना घाइते
विदुर खबर
२०७६ कार्तिक १५ गते १९:३९
दाङ । दाङको देउखुरीमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना बालिकाको ज्यान गएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा गढवा गाउँपालिका ६ को मनिकापुरकी ११ वर्षीया निनु पुन, १२ वर्षीया सिमा परियार र १२ वर्षीया सुनिता पुनमगर रहेको प्रहरीले जनाएको छ । गढवा गाउँपालिका-६, को मनिकापुरमा भैलो खेलेर संकलन भएको रकमले कोइलाबासको चिसापानीमा वनभोज खाएर फर्कने क्रममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना बालिकाको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका तीन जना बालिकाको उपचारको क्रममा गढवा स्वास्थ्य चौकीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रा १ त २३९३ नम्बरको ट्याक्टरको ट्रली पल्टिँदा अन्य २६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया