पाकिस्तानी रेलमा आगलागी, ७३ जनाको ज्यान गयो
एजेन्सी । पाकिस्तानको रहिम यार खानमा रेलमा भएको आगलागीमा परि ज्यान गुमाउनेकाे संख्या ७३ पुगेको छ ।
रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा परि ४० जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसकाे यात्रुवाहक रेलकाे तीन वटा डिब्बामा आगलागी भएकाे हाे । कतिपयको आगोले जलेर रेलभित्रै मृत्यु भएको हो भने कतिपयको जलिरहेको रेलबाट हाम फाल्दा ज्यान गएकाे पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
घाइते भएकाहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अरु बढ्न सक्ने आशङ्का पनि गरिएको छ ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरूलाई पर्याप्त उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । साथै घटनाका बारेमा छानबिनको प्रक्रिया पनि सरकारी अधिकारीहरुले सुरु गरिसकेका छन् । पाकिस्तानका रेल मन्त्री शेख रसिद मृतकका परिवारलाई राहतस्वरुप सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनु भएकाे छ । त्यस्तै घाइतेलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने पनि उहाँले बताउनुभयाे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया