प्रधानमन्त्री ओली डिस्चार्ज

विदुर खबर २०७६ कार्तिक १४ गते २०:१७

काठमाडौं ।  ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्। बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणपछि बिहीबार साँझ डिस्चार्ज भएका हुन्।

Advertisement

उपचारको क्रममा  क्रममा प्रधानमन्त्री ओलीको हेमोडायलासिस भएको थियो। केही समयअघि मात्र अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै उनको डायलासिस भएको बताएको थियो।

‘प्रधानमन्त्री केपी शर्मा ओली यस ग्रान्डी इन्टरनेशनल हस्पिटलमा नियमित स्वास्थ्य परीक्षण तथ उपचारका लागि भर्ना हुनुभएको आज दोस्रो दिन हो’, विज्ञप्तिमा भनिएको थियो, ‘हाल उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। यस अस्पतालमा उहाँको स्वास्थ्य परीक्षण र उपचारको क्रममा हेमोडायलासिस गरिएको छ।’
विज्ञप्तिमा आजै डिस्चार्ज हुने जानकारीसमेत गराइएको थियो। विज्ञप्तिमा मेडिकल निर्देशक डा. चक्रराज पाण्डे र नेफ्रोलोजी तथा ट्रन्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष प्रा।डा। दिव्या सिंह शाहले हस्ताक्षर गरेका छन्।

Advertisement

धानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्‍थ्यमा समस्या देखिने गरेको छ।

भदौको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो। त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए। रेनल बायोप्सीको रिपोर्टपछि ओली  थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। त्यसअघि छाउनीस्थित सैनिक अस्पताल  नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो।

Advertisement

प्रतिक्रिया