डाइनिया बजारमा रहेको सुनचाँदी पसलमा आगलागी
विदुर खबर
२०७४ चैत ३ गते १५:४४

मोरङ, ३ चैत- सुनबर्सी नगरपालिका–९ डाइनिया बजारका बृजलाल साहको सुनचाँदी पसलमा शुक्रबार साँझ आगलागी हुँदा करीव रु चार लाख क्षति भएको छ ।
साँझ ७ बजेतिर ग्यास सिलिण्डर चुहावट भई लागेको आगोले उहाँको रु ५० हजार तथा ३ तोला सुनको गहना र ३० तोला चाँदीसमेत जल्दा रु चार लाख ४५ हजार बराबरको क्षति भएको जनाइएको छ ।
आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया