नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गयो

विदुर खबर २०७६ कार्तिक १३ गते १७:४१

नुवाकोट । नुवाकोट तादी खोलामा पौडी खेल्ने क्रममा ९ वर्षिय एक बालकको ज्यान गएको छ ।

Advertisement

मृत्यु हुनेमा बेलकोटगढि नगरपालिका वडा नम्बर १२ घोरघार भन्ने ठाउँमा बिशााल मिजारका ९ वर्षिय छोरा बिप्लब मिजार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  मिजारलाई खोलामा पौडि खेल्ने क्रममा पानिमा डुबेको अबस्थामा स्थानियबासीले देखेपछि उद्धार गरि उपचारको लागि विदुरमा रहेको चक्रदेब पोलिक्लिनकमा ल्याइएको थियो । उनको उपचारको क्रममामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया