भाइटीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा

विदुर खबर २०७६ कार्तिक १० गते १३:१७

नुवाकोट । नेपाल पंचाग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत निकालेको छ।

Advertisement

मंगलबार बिहान ११ बजेर ५५ मिनेटको समय भाइटीकाका लागि उत्तम साइत रहेको जानकारी समितिले दिएको हो।यद्यपि भाइटीकाको कार्यक्रमका लागि भने दिनभरको जुनसुकै समय पनि उपयुक्त रहेको समेत समितिले स्मरण गराएको छ।यसका साथै विभिन्न देशका लागि फरकफरक समय भाइटीकाका लागि उत्तम रहेको समेत निर्धारण गरेको छ।

शनिबार कागतिहारसँगै यमपञ्चक सुरू भएको र भाइटीकासँगै समापन हुनेछ। यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आइतबार एकैदिन परेकाले ४ दिन मात्र तिहार रहेको समितिले बताएको छ।

Advertisement

प्रतिक्रिया