तुप्चेमा आज बृहत सांस्कृतिक कार्यक्रम हुँदै
विदुर खबर
२०७६ कार्तिक ९ गते ७:४८

नुवाकोट । तुप्चेको न्यु तुप्चे युवा क्लबको आयोजनामा आज बृहत सांस्कृतिक कार्यक्रम हुँदै छ ।
कार्यक्रममा लोकगायक नवराज घोरासैनी, लोकगायिका पूजा पुरी, गायक शिव परियार, हास्यकलाकार सुवोध गौतम लगाएतको सहभागीता रहने क्लबका अध्यक्ष दिनेश बोगटीले जानकारी दिए । कार्यक्रममा जिल्लास्तरीय नृत्यु प्रतियोगिता पनि हुने क्लवले जनाएको छ ।
कार्यक्रमको सहआयोजकमा आदर्श जनकल्याण युवा क्लव , जनजागृत युवा क्लव र स्टार साहँुगाँउ युवा क्लव रहेको निराजन बोगटीले बताए ।कार्यक्रममा जिल्लास्तरीय नृत्य प्रतियोगिता पनि हुने क्लवले जनाएको छ । कार्यक्रमकाे मिडिया पार्टनरको रुपमा विदुर खबर ( www.bidurkhabar.com) रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया