नुवाकोटलाई ३ नं प्रदेशको राजधानी बनाउन माग राप्रपा संयुक्तको माग

विदुर खबर २०७६ कार्तिक ७ गते २०:४८

नुवाकोट । नुवाकोटलाई प्रदेश नम्बर ३ को राजधानी बनाउनुपर्ने माग राप्रपा संयुत्तले राखेको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय नुवाकोट मार्फत प्रदेश नम्बर ३ को सरकारलाई बुझाइएको ज्ञापनपत्रमा नुवाकोट नै प्रदेश नम्बर ३ को राजधानी हुन लायक रहेको तत्काल नुवाकोटलाई प्रदेश नम्बर ३ को राजधानी कायम गर्न माग गरिएको छ ।नुवाकोट चीन निर्यात गर्ने समान उत्पादन गर्न बिशेष आर्थिक क्षेत्र निर्माण गर्नको लागि चाहिने पानी, बिजुली, राष्ट्रिय र अन्तराष्ट्रिय राजमार्ग नुवाकोटमा उपलब्ध छ । साथै नुवाकोट खाद्यान्न निर्यात गर्ने जिल्ला पनि हो । आउँदा दिनमा चीनसँग जोड्ने सुरुङ्गमार्ग बनेपछि प्रमुख राष्ट्रिय र अन्तराष्ट्रिय बजारसँग यातातातको सुबिधा अझ व्यापक र सस्तो हुनेछ । यस कारण नुवाकोट देशको पहाडी क्षेत्रको मूल औद्योगिक थलो हुनसक्नेछ । त्यस्ले गर्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त ले नुवाकोट लाई प्रदेश ३ को राजधानी बनाउन माग गरेको हो ।

Advertisement

नेपालको कुनै पनि अञ्चलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने भौगालिक विविधता ले भरिएको जिल्ला हो नुवाकोट । यस जिल्लामा पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरू लगाएतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ। साथै यो जिल्ला देशकै राजधानी सगँ जोडिएको जिल्ला पनि हो । नुवाकोटको बाहिरी जिल्लासँग यायायात सञ्जालमा जोडिएको छ । रसुवा प्रवेशको नाका यहीँ रहेको छ । यहाँबाट नै त्रिशूली-छहरे-टोखा, बालाजु–ककनी-त्रिशूली र गल्छी-त्रिशूली सडक सञ्चालनमा छन् ।

अन्तराष्ट्रिय मार्गका रुपमा रसुवागढी–गल्छी–ठोरी सडक, केरुङ-काठमाडौँ राजमार्ग तथा केरुङ-पोखरा-लुम्बिनी रेलमार्ग सञ्चालनमा समेत नुवाकोटको भूमि प्रयोगमा आउने भएकाले प्रदेश केन्द्रका लागि बलियो आधारका रुपना देखिन्छ । “रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, ललितपुर र भक्तपुरको लागि सहज पहुँच नुवाकोट छ” ।“टोखा–छहरे सुरुङ मार्ग निर्माणले ४.६ किलोमिटरमा केन्द्रीय राजधानी काठमाडौंलाई जोड्न लागिएकाले अरु जिल्लासँगको तुलनामा नुवाकोट उत्कृष्ट छनोट हुन सक्छ ।” पहाडी जिल्ला भए पनि नुवाकोटको भूगोल तराईका फाँटसरह रहेका छन् ।

Advertisement

प्रतिक्रिया