तिहारको भोलिपल्ट सार्वजनिक बिदा

विदुर खबर २०७६ कार्तिक ७ गते १८:४१

नुवाकोट । सरकारले कात्तिक १३ गते (तिहारको भोलिपल्ट) पनि सार्वजनिक विदा दिएको छ ।

Advertisement

तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।

प्रतिक्रिया