नुवाकोटमा बन्यजन्तु तथा बासस्थान संरक्षण गर्न प्रभावकारी अनुमगन गर्ने निर्णय

विदुर खबर २०७६ कार्तिक ७ गते १८:२६

नुवाकोट । बन्यजन्तु तथा बासस्थान संरक्षणको लागि प्रभावकारी अनुमगन गर्ने निर्णय गरिएको छ ।

Advertisement

बुधबार डिभिजन वन कार्यालयमा आयोजित बन्यजन्तु संरक्षणको समन्वय बैठकले सो निर्णय गरेको डिभिजन वन कार्यालय नुवाकोटका रेन्जर तथा सुचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले जिल्लाको विभिन्न ठाउँमा हुन सक्ने बन जंगल हानी नोक्सानी,बन्यजन्तु चोरी शिकार तथा वन अतिक्रमण नियन्त्रणको लागि प्रभावकारी अनुगमन समिति बनाउने निर्णय गरेको हो । त्यसको लागि डिभिजन वन कार्यालय, नुवाकोटबाट विेशेष एवं संरक्षण सुरुक्षाको व्यवस्था मिलाउने साथै चोरी सिकारी हुन नदिन बन्यजन्तु र तिनका अवैध व्यापार नियन्त्रधणको लागि समितिलाई प्रभावकारी बनाउने निर्णय गरेको कार्यालयका सुचना अधिकारी न्यौपानेले बताए ।
त्यस्तै बैठकले सव डिभिजन वन कार्यालयहरुबाट वन्यजन्तु अपराध नियन्त्रण व्युरो सम्बन्धी हुने कार्यक्रममा आ–आफ्नो निकायबाट प्रतिनिधि पठाउने निर्णय गरिएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद पन्थी, जबरजंग गण देविघाटका गणपति उदयबहादुर लामिछाने, मैथली ब्यारेकका गणपति खेमराज शर्मा, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक अबिनारायण काफ्ले, सशस्त्र प्रहरी गुल्म १९ नुवाकोटका जनक सापकोटा, डिभिजन वन कार्यालय  नुवाकोटका प्रमुख जयमंगल प्रसाद,राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख धिरज बानिया, सामुदायिक वन उपभोत्ता महासंघ नुवाकोटकी जिल्ला अध्यक्ष मिका रिमाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया