नेपाल चेम्बर अफ कमर्स र भाइब्रेण्ट गोवा फाउन्डेसनबिच ब्याबसायिक सम्झौता
नुवाकोट । नेपाल चेम्बर अफ कमर्स र भाइब्रेण्ट गोवा फाउन्डेसन बिच व्यावसायिक सम्बन्ध एक आपसमा अभिबृदी गर्ने उद्देश्यले ऐतिहासिक ब्याबसायिक सम्झौता भएको छ।
भाइब्रेण्ट गोवा एक्स्पो २०१९ को अवसरमा उक्त सम्झौता भएको हो। सम्झौता पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र भाइब्रेण्ट गोवा फाउन्डेसनको तर्फबाट अध्यक्ष राज कुमार कमातले हस्ताक्षर गरेको हस्तारक्षर कार्यक्रममा सहभागि भएका नुवाकोट चेम्बर अफ कमर्सका अध्यक्ष कबिन्द्रमान प्रधानले जानकारी दिए । उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट चेम्बरका अध्यक्ष राजेश काजि श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधि मण्डल गोवा गएको थियोे । एक्स्पो अत्यन्तै प्रभावकारि भएको नुवाकोट चेम्बर अफ कमर्सका अध्यक्ष कबिन्द्रमान प्रधानले बताए । प्रधानले एक्स्पोबाट आफ्नो ब्याबसाय प्रबर्द्धन कसरी गर्ने भन्ने सिकाई भएको बताए । प्रधानले व्यवसायिक सम्झौताले दसबै पक्षलाई अनुभव आदानप्रधान लगायत विविध किसिमका फाईदा हुने बताए ।
प्रतिनिधि मण्डलमा नुवाकोट चेम्बर अफ कमर्सका अध्यक्ष कबिन्द्रमान प्रधान , वरिष्ट उपाध्यक्ष ओम प्रकाश श्रेष्ठ लगायत विभिन्न जिल्लाका चेम्बर अध्यक्षहरु लगायत १९ जनाको सहभागीता रहेको थियोे । एक्स्पोमा ५२ रास्ट्र्का ५५० जना प्रतिनिधिहरुको सहभागी रहेको नुवाकोट चेम्बर अफ कमर्सका वरिष्ट उपाध्यक्ष ओमप्रकाश श्रेष्ठले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन
निर्माण व्यवसाय र चेकको अभिशाप
विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ





प्रतिक्रिया