राष्ट्रिय जनगणनामा शिक्षक नखटाइने

विदुर खबर २०७६ कार्तिक ३ गते १८:२६

नुवाकोट । राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने निर्णय गरिएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको बताइएको छ ।

Advertisement

‘शैक्षिक क्यालेन्डर नबिग्रियोस् भनेर सबैतिरबाट सुझाव आयो,’ विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानेले भने, ‘अब गणक, सुपरीवेक्षकमा बेरोजगार युवालाई भर्ना गरिनेछ ।’ उनका अनुसार ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर नयाँ भर्ना गरिनेछ ।

तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा पनि सार्वजनिक गरेको छ ।

Advertisement

प्रतिक्रिया