गुरुङको नेतृत्वमा भुपु सैनिक सहकारीको १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन

विदुर खबर २०७६ कार्तिक २ गते १९:४६

बट्टार । बिदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको नेपाल भुतपुर्व सैनिक सहकारी संस्था लिमिटडेको पाचौ वार्षिक साधारण सभाले गगनसिंह गुरुङको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ ।

Advertisement

शनिवार बट्टारमा सम्पन्न भएकोसाधारणसभाले १७ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा देबकी पौडेल, सचिवमा राजकुमार आचार्य , सह–सचिवमा राममणि अधिकारी र कोषाध्यक्षमा सुपानी तामाङ चयन भएको सहकारीका नवनिर्वाचित सचिव राजकुमार आचार्यले जानकारी दिए

त्यस्तै सदस्यहरुमा बलबहादुर खड्का,ग्यानेन्द्रबहादुर कार्की, भिमसेन बोगटी, राजकुमार कार्की, दिपकराज प्याकुरेल, नबराज ठकुरी, रामबाबू श्रेष्ठ रहेका छन । यस्तै अन्य सदस्यहरुमा ईश्वरी नगरकोटि, राज कुमार आचार्य, रामकुमार ड्ङ्गोल, नारायण श्रेष्ठ र यकबहादुर नेपाली चयन भएको सचिव आचार्यले बताए ।

Advertisement

सहकारीले आर्थिक वर्ष २०७५÷७६ मा ७७ लाख १० हजार ६ सय १३ रुपैँया बचत गर्न सफल भएको साधारणसभामा जानकारी गराइएको छ । कार्यक्रममा सहकारीका अध्यक्ष बलकहादुर बस्नेतले अषाढ मसान्त सम्म संस्थाको सेयर पुजी एक करोड ६० लाख ७९ हजार ४ सय रहेको बताए । आर्थिक वर्ष २०७५ को प्रगति प्रतिबेदन प्रस्तुत गर्दै उनले सेयर सदस्यहरुको मागलाई ध्यानमा राखी सहकारी संस्थामुखी माध नभई सेवामुखी भएको बताए ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष यद्धवराज थापाले आर्थिक वर्ष २०७४÷७५ को आर्थिक आय व्यय तथा सहकारीको लेखा समितिका संयोजक कुलबहादुर बोगटीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले साधारणसभाको अवसर पारेर विभिन्न् व्यक्तिहरुलाई सम्मान गरेको थियो । नेपाल भुतपुर्व सैनिक कृषि सहकारी संस्था वि.स. २०७१ साल भाद्र २ गते नेपाली सेनाबाट निवृत सकल दर्जाहरुलाई आर्थिक उन्न्नति गराउने स्थापना भएको हो । सहकारीमा अहिले ५ सय ५७ सेयर सदस्य रहेका छन । सहकारीको जिल्लभर कार्यक्षेत्र रहेको छ ।

Advertisement

प्रतिक्रिया