गुरुङको नेतृत्वमा भुपु सैनिक सहकारीको १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन
बट्टार । बिदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको नेपाल भुतपुर्व सैनिक सहकारी संस्था लिमिटडेको पाचौ वार्षिक साधारण सभाले गगनसिंह गुरुङको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ ।
शनिवार बट्टारमा सम्पन्न भएकोसाधारणसभाले १७ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा देबकी पौडेल, सचिवमा राजकुमार आचार्य , सह–सचिवमा राममणि अधिकारी र कोषाध्यक्षमा सुपानी तामाङ चयन भएको सहकारीका नवनिर्वाचित सचिव राजकुमार आचार्यले जानकारी दिए
त्यस्तै सदस्यहरुमा बलबहादुर खड्का,ग्यानेन्द्रबहादुर कार्की, भिमसेन बोगटी, राजकुमार कार्की, दिपकराज प्याकुरेल, नबराज ठकुरी, रामबाबू श्रेष्ठ रहेका छन । यस्तै अन्य सदस्यहरुमा ईश्वरी नगरकोटि, राज कुमार आचार्य, रामकुमार ड्ङ्गोल, नारायण श्रेष्ठ र यकबहादुर नेपाली चयन भएको सचिव आचार्यले बताए ।
सहकारीले आर्थिक वर्ष २०७५÷७६ मा ७७ लाख १० हजार ६ सय १३ रुपैँया बचत गर्न सफल भएको साधारणसभामा जानकारी गराइएको छ । कार्यक्रममा सहकारीका अध्यक्ष बलकहादुर बस्नेतले अषाढ मसान्त सम्म संस्थाको सेयर पुजी एक करोड ६० लाख ७९ हजार ४ सय रहेको बताए । आर्थिक वर्ष २०७५ को प्रगति प्रतिबेदन प्रस्तुत गर्दै उनले सेयर सदस्यहरुको मागलाई ध्यानमा राखी सहकारी संस्थामुखी माध नभई सेवामुखी भएको बताए ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष यद्धवराज थापाले आर्थिक वर्ष २०७४÷७५ को आर्थिक आय व्यय तथा सहकारीको लेखा समितिका संयोजक कुलबहादुर बोगटीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले साधारणसभाको अवसर पारेर विभिन्न् व्यक्तिहरुलाई सम्मान गरेको थियो । नेपाल भुतपुर्व सैनिक कृषि सहकारी संस्था वि.स. २०७१ साल भाद्र २ गते नेपाली सेनाबाट निवृत सकल दर्जाहरुलाई आर्थिक उन्न्नति गराउने स्थापना भएको हो । सहकारीमा अहिले ५ सय ५७ सेयर सदस्य रहेका छन । सहकारीको जिल्लभर कार्यक्षेत्र रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया