रसुवाको घोर्मु प्राविका विद्यार्थीमा घाँटी सुनिने रोगको संक्रमण भेटियो
विदुर खबर
२०७६ कार्तिक १ गते १८:०६
रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–६ मा रहेका घोर्मु प्राविमा अध्ययनरत विद्यार्थीमा घाँटी सुनिने रोगको संक्रमण देखिएको छ ।
दसैँ विदा सकिएपछि यही असोज २७ गतेदेखि पठनपाठन सुरु भएको थियो । सो दिन तीन जनामा घाँटी सुनिने रोग देखिएको थियो । दुई दिनमा १० जनामा संक्रमण भएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।‘संक्रमण फैलन थालेपछि बिरामी विद्यार्थी स्वास्थ्य केन्द्र पठाएका छौं’, उहाँले भन्नुभयो, ‘ठिक नहुँदासम्म घरमा आराम गर्न सल्लाह दिएका छौं ।’ एउटाबाट अर्कोमा सर्ने क्रम बढेको र विद्यार्थीले पढ्न तथा दिवा खाजा समेत खान नसक्ने भएकाले स्वास्थ्य संस्था जान र घरमै आराम गर्न सुझाव दिएको उहाँको भनाइ छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना
यूएईको ग्यास केन्द्रमा मिसाइल खस्दा एक जनाको मृत्यु, ४ जना घाइते
फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग





प्रतिक्रिया