रसुवाको घोर्मु प्राविका विद्यार्थीमा घाँटी सुनिने रोगको संक्रमण भेटियो

विदुर खबर २०७६ कार्तिक १ गते १८:०६

रसुवा  । रसुवाको नौकुण्ड गाउँपालिका–६ मा रहेका घोर्मु प्राविमा अध्ययनरत विद्यार्थीमा घाँटी सुनिने रोगको संक्रमण देखिएको छ ।

Advertisement

दसैँ विदा सकिएपछि यही असोज २७ गतेदेखि पठनपाठन सुरु भएको थियो । सो दिन तीन जनामा घाँटी सुनिने रोग देखिएको थियो । दुई दिनमा १० जनामा संक्रमण भएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।‘संक्रमण फैलन थालेपछि बिरामी विद्यार्थी स्वास्थ्य केन्द्र पठाएका छौं’, उहाँले भन्नुभयो, ‘ठिक नहुँदासम्म घरमा आराम गर्न सल्लाह दिएका छौं ।’ एउटाबाट अर्कोमा सर्ने क्रम बढेको र विद्यार्थीले पढ्न तथा दिवा खाजा समेत खान नसक्ने भएकाले स्वास्थ्य संस्था जान र घरमै आराम गर्न सुझाव दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया