बालक मृत्यु प्रकरण : नुवाकोट दिनभर तनावग्रस्त, दुई दर्जन अश्रु ग्यास प्रहार

विदुर खबर २०७६ असोज २९ गते २०:५४

नुवाकोट । नुवाकोटको बट्टार बजारमा बुधबार तारकेश्वर गाउँपालिका–५ गोस्र्याङ घर भएका युनिक तामाङ मृत्युको विषयलाई लिएर आज दनभर नुवाकोट तनावग्रस्त बनेको छ ।

Advertisement

बुधबार विहान साढे ११ बजे केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित स्थानीयले चालकलाई सख्त घाइते हुने गरी कुटेका थिए भने बस समेत तोडफोड गरेका छन ।

मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरवितर पार्न प्रहरीले करिव दुई दर्जन अश्रुग्याससमेत प्रहार गरेको थियो । मृतकका आफन्तले दोषीलाई कडा करवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेर बट्टार बजार बन्द गरेका छन् । अहिले पिडित पक्ष र प्रशासनको रोहबरामा वार्ता भइरहेको छ ।

Advertisement

प्रतिक्रिया