नुवाकोटमा एकसातामा ३ सय ३० सवारीसाधन कारवाहीमा

विदुर खबर २०७६ असोज २९ गते ७:५८

नुवाकोट ।  नुवाकोटमा एकसातामा ३ सय ३० सवारीसाधन कारवाहीमा परेका छन ।

Advertisement

बढी भाडा बढी लिने नौ सवारी साधन र ट्राफिक नियम विपरित सवारी चलाउने ३ सय २१ गरी ३ सय ३० सवारी साधनलाई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईले जानकारी दिए ।  चाडपर्वको अवसरमा यातायात व्यवसायीले यात्रुलाई बढी भाडा लिने र यात्रा गर्दा पर्ने समस्यालाई ध्यानमा राखी जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जिल्लाका विभिन्न ठाउँमा सवारी साधन जाँचमा कडाइ गरेको थियो ।

फूलपातीदेखि नुवाकोट ट्राफिक कार्यालयले दशैं मनाउन घर फर्कने र दशैँ मनाएर काठमाडौ फर्कने यात्रुसँग नुवाकोटका यातायात व्यवसायीले मनपरी एकलौटी ढङ्गले भाडा लिई यात्रुलाई ठगी गर्ने बस र माइक्रोबसलाई जाँच गरी बढी भाडा लिने यातायातलाई कारवाही गरिएको हो । ट्राफिक कार्यालयले एक हप्तामा २ लाख ४६ हजार ५ सय राजश्व संकलन गर्न समेत सफल भएको भट्टराईले जानकारी दिए ।

Advertisement

त्यस्तै ट्राफिक नियम उल्लङ्घन गर्ने , यात्रुसँग बढी भाडा असुल्ने , सिट क्षमता भन्दाबढी यात्रु राखी यात्रा गराईएका वसलाई कारवाही गरि सिट क्षमता भन्दा बढी यात्रुलाई सो बसबाट ओराली अर्को सवारी साधनमा राखी पठाएको , आईचर गाडीमा पछाडी यात्रु राखी यात्रा गराईएकोमा सो गाडीलाई कारवाही गरि आईचर गाडीबाट यात्रुलाई ओराली अर्को सवारी साधनमा पठाएको ट्राफिक प्रहरीले जनाएको छ । कारवाहीमा पर्नेहरुमा मोटरसाईकल, आएचर, वस, ट्रक लगायतका सवारी साधन बढी रहेका छन ।

प्रतिक्रिया