लेखापढी व्यवसायीको स्थापना दिवसको अवसरमा छात्रबासलाई सहयोग
विदुर खबर
२०७६ असोज २८ गते २१:४४

नुवाकोट । नेपाल लेखापढि कानुन ब्यबसायि एसोसिएसनको २५ औ स्थापना दिबसको अवसर पारेर नेपाल लेखापढी कानुन ब्यबसायि एसोसिएसन जिल्ला कार्य समिती नुवाकोटले आमाको माया छात्रबासमा रहेका बालिबालिकालाई शैक्षिक र आर्थिक सहयोग गरेको छ ।
विदुरको आमाको माया छात्रबासमा एक कार्यक्रमको आयोजना गर्दै एसोसियसनले बालकहरुलाई ७ हजार बराबरको शैक्षिक सामाग्री र ७ हजार नगद सहयोग गरेको अध्यक्ष दिपकप्रसाद अधिकारीले जानकारी दिए । साथै अधिकारीले आफ्नो फर्म अधिकारी लेखापढी तथा कानुनी सेव केन्द्रको तर्फबाट समेत नगद ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन ।
नेपाल लेखापढि कानुन ब्यबसायि एसोसिएसन प्रदेश नम्बर ३ का सदस्य धनेन्द्रजग तथा विभिन्न लेखापढि व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया