कतारमा २८५६ औं सोनाम ल्होछार भव्य रुपमा मनाईने

दोहा । कतारमा २८५६ औं सोनाम ल्होछार भव्य रुपमा मनाईने भएको छ ।
कतार नेपाल प्रवासी तामाङ समाज कतार द्वारा आयोजना गर्न लागिएको २८५६ औं सोनाम ल्होछार (जिवा ल्हो) मुसा वर्ग “बृहत् साँस्कृतिक कार्यक्रम (२०२०“ कार्यक्रम लाई सफल पार्नको लागि नेपालबाट चर्चित सेलो गायक सन्जित वाइबा,चर्चित सेलो गायिका अन्जु थोकर,चर्चित म्हेन्दोमाया गायक राम गोम्जा कतार आउने भएका छन् । “तामाङ जातिको परिवर्तन ,शैक्षिक तथा आर्थिक सुदृढीकरण“ भन्ने मुल नाराका साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले २८५६ औं सोनाम ल्होछार (जिवा ल्हो) मुसा वर्ग “बृहत् साँस्कृतिक कार्यक्रम (२०२०“ कार्यक्रम आयोजना गरेको समाजका कोषाध्यक्ष एवं कार्यक्रमका संयोजक गौतम तामाङले जानकारी दिनुभएको छ । २०२० जनवरी २४ तारिख शुक्रबारका दिन कतार स्थित रमणीय स्थान अम्वाज क्याम्प २ मा हुने कार्यक्रममा भरपुर मनोरञ्जन दिनको लागि नेपाल बाट ख्याती प्राप्त तामाङ कलाकार हरुलाई आमन्त्रण गरिएको नेपाल प्रवासी तामाङ समाज कतारका प्रमुख सल्लाहकार तिर्थ थिङ तामाङले बताउनुभएको छ । नेपाली दर्शकहरुको लागि यातायात समस्या लाई मध्यनजर गरि निःशुल्क यातायातको पनि ब्यवस्थापन गरिने समाजका अध्यक्ष धिरेन तामाङले बताउनुभएको छ ।
प्रतिक्रिया