कतारमा २८५६ औं सोनाम ल्होछार भव्य रुपमा मनाईने
दोहा । कतारमा २८५६ औं सोनाम ल्होछार भव्य रुपमा मनाईने भएको छ ।
कतार नेपाल प्रवासी तामाङ समाज कतार द्वारा आयोजना गर्न लागिएको २८५६ औं सोनाम ल्होछार (जिवा ल्हो) मुसा वर्ग “बृहत् साँस्कृतिक कार्यक्रम (२०२०“ कार्यक्रम लाई सफल पार्नको लागि नेपालबाट चर्चित सेलो गायक सन्जित वाइबा,चर्चित सेलो गायिका अन्जु थोकर,चर्चित म्हेन्दोमाया गायक राम गोम्जा कतार आउने भएका छन् । “तामाङ जातिको परिवर्तन ,शैक्षिक तथा आर्थिक सुदृढीकरण“ भन्ने मुल नाराका साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले २८५६ औं सोनाम ल्होछार (जिवा ल्हो) मुसा वर्ग “बृहत् साँस्कृतिक कार्यक्रम (२०२०“ कार्यक्रम आयोजना गरेको समाजका कोषाध्यक्ष एवं कार्यक्रमका संयोजक गौतम तामाङले जानकारी दिनुभएको छ । २०२० जनवरी २४ तारिख शुक्रबारका दिन कतार स्थित रमणीय स्थान अम्वाज क्याम्प २ मा हुने कार्यक्रममा भरपुर मनोरञ्जन दिनको लागि नेपाल बाट ख्याती प्राप्त तामाङ कलाकार हरुलाई आमन्त्रण गरिएको नेपाल प्रवासी तामाङ समाज कतारका प्रमुख सल्लाहकार तिर्थ थिङ तामाङले बताउनुभएको छ । नेपाली दर्शकहरुको लागि यातायात समस्या लाई मध्यनजर गरि निःशुल्क यातायातको पनि ब्यवस्थापन गरिने समाजका अध्यक्ष धिरेन तामाङले बताउनुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया