शिक्षक बन्न अब विषयगत परीक्षा

विदुर खबर २०७६ असोज २६ गते ९:५७

नुवाकोट । स्थायी  शिक्षक बन्न शिक्षक सेवा आयोगले लिने विषयगतसहित दुई सय पूर्णांकको परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको नियमावलीमा १० औं संशोधन गरेर सामान्य र विषयगत गरी दुई सय पूर्णांकको परीक्षा पास गर्नुपर्ने व्यवस्था गरेको हो । एक सय पूर्णांकको सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्रै अर्को एक सय पूर्णांकको विषयगत परीक्षामा सहभागी हुन पाइने नियमावलीको संशोधनमा उल्लेख छ । यसअघि स्थायी शिक्षक बन्न एक सय पूर्णांकको परीक्षामात्र लिइन्थ्यो । दुई चरणको परीक्षामा सफल उम्मेदवारले मात्र २५ पूर्णांकको अन्तर्वार्तामा सहभागी हुन पाउने शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए । लोकसेवाले स्थायी कर्मचारी नियुक्ति गर्न विभिन्न चरणमा परीक्षा सञ्चालन गर्छ । सक्षम शिक्षक छनोटका लागि सामान्य र विषयगत गरी दुई चरणमा परीक्षा सञ्चालन गर्न लागिएको काप्रीले बताए ।

नियमावली स्वीकृत भइसकेकाले स्थायी शिक्षक छनोटका लागि लिइने आगामी परीक्षा २ सय पूर्णांकको हुने आयोगले जनाएको छ । नियमावली संशोधनमा स्थायी शिक्षकको कार्यसम्पादन मूल्यांकन गर्ने प्रावधान पनि परिवर्तन गरिएको छ । जिल्ला शिक्षा कार्यालयमार्फत जिल्ला शिक्षा अधिकारीहरूले स्थायी शिक्षकको बढुवालगायत आन्तरिक मूल्यांकन गर्दै आएका थिए । संविधानले विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएपछि स्थानीय शिक्षा विभागमार्फत नै शिक्षकको कार्यसम्पादन मूल्यांकन गर्ने प्रबन्ध गरिएको छ । विभागले गरेको आन्तरिक मूल्यांकन शिक्षा विकास तथा समन्वय इकाइ

प्रतिक्रिया