तारकेश्वर क्लवस्तरीय फुटवल प्रतियोगिताको उपाधि सिरन टोल युवा क्लबलाई

विदुर खबर २०७६ असोज २६ गते ९:३६

तारकेश्वर । सिर्जनाशिल समाज सुधार युवा क्लवको आयोजनामा भएको चौथो तारकेश्वर क्लवस्तरीय फुटवल प्रतियोगिताको उपाधि सिरन टोल युवा क्लबले हात पारेको छ ।

Advertisement

शनिबार सयपत्री युवा क्लबलाई पराजित गर्दे सिरन टोल युवा क्लबले उपाधिमाथि कब्जा जमाएको हो । त्यस्तै प्रतियोगितामा आयोजक सिर्जनाशिल समाज सुधार युवा क्लबले तेस्रो स्थान हात पारेको छ ।प्रतियोगतिामा प्रथम, दितिय र तेस्रो हुने खेलाडहिरुलाई गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले कप,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया