नुवाकोट प्रहरीले ग¥र्याे एकैदिन १०७ सवारीसाधन कारवाही ,७२ हजार राजश्व संकलन

विदुर खबर २०७६ असोज २५ गते २०:२९

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चाडपर्व लक्षित विशेष सवारी चेकिङ मार्फत शनिबार एकैदिन ७२ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

Advertisement

जिल्लाबाट बाहिरिने र जिल्ला भित्रने नियम विपरीत सञ्चालन भएको १०७ वटा सवारी साधानलाई कारवाही गरि ७२ हजार ५ सय राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराइृले जानकारी दिनुभएको छ । संयुक्त रुपमा जिल्लाको बिभिन्न स्थानहरुमा संचालन गरिएको चार्डपर्व लक्षित गरी सवारी चेकजाँच गर्ने क्रममा ट्रफिक नियम बिपरित सञ्चालन गरेको २८ वटा  वस र १३ वटा आईचर गाडीलाई कारवाही गरी सिट क्षामता भन्दा बढि यात्रुलाई ओराली अर्को सवारी साधनमा राखी पठाईएको ट्राफिक प्रमुख भट्टराईले जानकारी दिनुभएको छ ।

यस्तै, नियम बिपरित कार्य गर्ने अन्य ६६ वटा सवारी साधन सहित जम्मा १०७ वटा कारवाही गरिएकोमा कारवाहीबाट ७२ हजार ५ सय राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया