माओवादीले टुंगायो मन्त्री बन्नेको नाम, भोलि शपथ

विदुर खबर २०७४ चैत १ गते १३:४२

काठमाडौं १ चैत्र–नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार बसेको माओवादीका शीर्ष नेताको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाएको हो ।

Advertisement

माओवादीका तर्फवाट वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगर मन्त्री बन्ने तय भएको स्रोतको दाबी छ । कञ्चनपुरबाट चुनाव जितेकी विना पहिलो पटक मन्त्री बन्न लागेकी हुन् । उनी स्व.प्रकाश दाहालकी पत्नी हुन् ।

देवेन्द्र पौडेल र चन्द्रप्रकाश खनाल बलदेबको पनि मन्त्री बन्ने चर्चा छ । यसअघि रामबहादुर थापा र मातृका यादव माओवादीको तर्फबाट मन्त्री बनिसकेका छन् ।

Advertisement

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार सम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी, संघीय समाजवादी फोरम र एमालेका मन्त्रीहरुलाई सहभागि गराएर तेस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

Advertisement

गत फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले फागुन २७ मा विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया