चिनियाँ राष्ट्रपतिका लागि बनाइएको स्वागत गेट ढल्यो
विदुर खबर
२०७६ असोज २४ गते १८:४६
काठमाण्डौ । चिनियाँ राष्ट्रपति शी चिनफिङलाई स्वागत गर्न बनाइएको स्वागत गेट ढलेको छ । राजधानीको बबरमहलमा बनाइएको स्वागत गेट ढलेको हो ।
शुक्रवार दिउँसो उक्त गेट ढलेको हो । अहिले प्रहरीको एउटा टोली ढलेको गेट मरम्मत गर्न खटिएको छ । प्रहरी अतिरिक्त सहायक निरीक्षक सन्तोष भण्डारीले उक्त गेट हावाको कारणले ढलेको बताए ।
‘गेट सामान्य हावाकै कारण ढलेको हुनुपर्छ,’ भण्डारीले लोकान्तरसँग भने, ‘गेट बनाउँदा यसको वजन र सपोर्टको ख्याल गरेको जस्तो देखिएन । त्यही कारण ढलेको हो । अब छिटै मरम्मत हुनेछ ।’ यसअघि चिनियाँ राष्ट्रपतिको स्वागतका लागि बानेश्वरमा राखिएको फ्लेक्स ब्यानर च्यातिएको थियो । ब्यानर च्यात्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चिनियाँ राष्ट्रपतिको स्वागतका लागि विमानस्थलदेखि सोल्टी होटेलसम्म दर्जनौं गेटहरू बनाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया