माइक्रोबसको ठक्कर भट्टगाउँका रामकृष्णको ज्यान गयो, एक घाईते

विदुर खबर २०७६ असोज २४ गते १८:२२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ भट्टगाउँका २३ वर्षीय रामकृष्ण भट्टको माइक्रोबसले ठक्कर दिँदा मृत्यु भएको छ ।

Advertisement

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ खेस्टेखेलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । लमजुङको बेँसीशहरबाट काठमाडौँ जाँदै गरेको बा २ ख ७२८४ नम्बरको माइक्रोले शुक्रबार सोही दिशातर्फ जाँदै गरेको बा ४९ प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भट्टको ज्यान गएको प्रहरीले जनाएको छ ।

माइक्रोको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । दुर्घटनामा भट्टगाउँकै २३ वर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । घाइते भट्टको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ‘ओभरटेक’ गर्ने क्रममा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

प्रतिक्रिया