Breaking News : सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ जनाको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित बडहरे चोकमा यात्रुबहाक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाण्डौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पचास बढी घाइते रहेको स्थानीय राजेन्द्र आचार्यले जानकारी दिनुभयो । क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ । थप विवरण आउन बाकी रहेको डिएपसी काफ्लेले जानकारी दिनुभयो ।
स्थानीय राजेन्द्र आचार्यका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने छ । स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उहाँले जानकारी दिनुभयो । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारको लागि लगिएको स्थानीय एवम् नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० बढी यात्रुहरु बसमा रहेको नेपालले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया