Breaking News : सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ जनाको मृत्यु

विदुर खबर २०७६ असोज २४ गते १३:२५

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित बडहरे चोकमा यात्रुबहाक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

Advertisement

इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाण्डौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पचास बढी घाइते रहेको स्थानीय राजेन्द्र आचार्यले जानकारी दिनुभयो । क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ । थप विवरण आउन बाकी रहेको डिएपसी काफ्लेले जानकारी दिनुभयो ।

स्थानीय राजेन्द्र आचार्यका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने छ । स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उहाँले जानकारी दिनुभयो । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारको लागि लगिएको स्थानीय एवम् नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो ।  छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० बढी यात्रुहरु बसमा रहेको नेपालले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया