दशैंको रौनकताः नुवाकोटको सदरमुकाम सुनसान,गाउँमा चहलपहल

विदुर खबर २०७६ असोज २० गते १३:५३

नुवाकोट । वडादशैको नवौ दिन आईपुग्दा नुवाकोटको सदरमुकाम आसपासका बजार क्षेत्रहरु सुनसान भएका छन भने गाउँहरुमा मानिसहरुको चहलपहल बढेको छ ।

Advertisement

दशैको टिकाको लागि सहरबाट मानिहरु गाउँपस्दा बजार क्षेत्र सुनसान भएको हो ।  दशैंको समयमा काम बिशेषले बाहिर रहेकाहरु पनि घर फर्किसकेका छन् भने कर्मचारीहरु पनि गाउँ फर्केका छन् । दशैंको चहलपहल बढेसंगै सदरमुकाम भने सुनसान बनेको छ । अधिकांश कर्मचारीहरु दशैका लागि घरतिर हिँडेपछि सदरमुकाम सुनसान बनेको हो । दशैंको बेला सदरमुकाम आसपासका बजारमा चहलपहल कम हुने गरेको सदरमुकामका एक ब्यापारी कर्ण प्रसाद बोगटीले बताए । ।

सदरमुकाममा जिल्ला बाहिर तथा अन्य कर्मचारीहरुको बसोबास हुने भएकाले दशैंका लागि उनीहरु घर हिडेपछि सदरमुकाम सुनसान बनेको उनले बताए । त्यस्तै सदरमुकाम क्षेत्रका अधिकांशले गाउँघरमा नै गएर दशै मनाउँने हुँदा बजार क्षेत्र सुनसान भएको हो । नुवाकोटका गंगटे,बट्टा,विदुर, ढुङ्गे,त्रिशुली, कोलनी लगायतका स्थानहरु अहिले ठप्पजस्तै बनेका छन ।

Advertisement

यातायात ठप्प
दशैको समयमा यतिवेला नुवाकोटमा यातायात समेत ठप्प भएको छ । दशैको लागि अधिकांश यात्रुहरु घर पुगिसेको र नवमीको दिन यातायातका साधनहरुमा पुँजा गर्ने हुँदा समेत नुवाकोटमा यातायात ठप्पजस्तै बनेको छ ।

प्रतिक्रिया