दशैंको रौनकताः नुवाकोटको सदरमुकाम सुनसान,गाउँमा चहलपहल
नुवाकोट । वडादशैको नवौ दिन आईपुग्दा नुवाकोटको सदरमुकाम आसपासका बजार क्षेत्रहरु सुनसान भएका छन भने गाउँहरुमा मानिसहरुको चहलपहल बढेको छ ।
दशैको टिकाको लागि सहरबाट मानिहरु गाउँपस्दा बजार क्षेत्र सुनसान भएको हो । दशैंको समयमा काम बिशेषले बाहिर रहेकाहरु पनि घर फर्किसकेका छन् भने कर्मचारीहरु पनि गाउँ फर्केका छन् । दशैंको चहलपहल बढेसंगै सदरमुकाम भने सुनसान बनेको छ । अधिकांश कर्मचारीहरु दशैका लागि घरतिर हिँडेपछि सदरमुकाम सुनसान बनेको हो । दशैंको बेला सदरमुकाम आसपासका बजारमा चहलपहल कम हुने गरेको सदरमुकामका एक ब्यापारी कर्ण प्रसाद बोगटीले बताए । ।
सदरमुकाममा जिल्ला बाहिर तथा अन्य कर्मचारीहरुको बसोबास हुने भएकाले दशैंका लागि उनीहरु घर हिडेपछि सदरमुकाम सुनसान बनेको उनले बताए । त्यस्तै सदरमुकाम क्षेत्रका अधिकांशले गाउँघरमा नै गएर दशै मनाउँने हुँदा बजार क्षेत्र सुनसान भएको हो । नुवाकोटका गंगटे,बट्टा,विदुर, ढुङ्गे,त्रिशुली, कोलनी लगायतका स्थानहरु अहिले ठप्पजस्तै बनेका छन ।
यातायात ठप्प
दशैको समयमा यतिवेला नुवाकोटमा यातायात समेत ठप्प भएको छ । दशैको लागि अधिकांश यात्रुहरु घर पुगिसेको र नवमीको दिन यातायातका साधनहरुमा पुँजा गर्ने हुँदा समेत नुवाकोटमा यातायात ठप्पजस्तै बनेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया