नुवाकोटमा तरकारीको मुल्य आकाशियो,दोब्बर महँगोमा तरकारी

विदुर खबर २०७६ असोज १८ गते ८:५४

 नुवाकोट । नुवाकोटमा दुई सातायता तरकारीको मुल्य आकाशिएको छ ।

Advertisement

चाडपर्व भित्रिएसँगै तरकारीको बजार मूल्य अकासिएको हो । सर्वसाधारणको आयले धान्न नसक्ने गरी मूल्यवृद्धि भए पनि सम्बन्धित निकायको ध्यान जान नसकेको उपभोक्ताको गुनासो छ । तरकारीको मुल्यमा अचाक्ली मुल्य बृद्धि भएपछि आफुहरु मारमा परेको बट्टारकी माया मगरले जानकारी दिइन । बजारमा तरकारीको भाउ ह्वात्तै बढेपछि मगरजस्ता उपभोक्ताहरू मर्कामा परेको बताउन्छन ।

तरकारी बजारमा होलसेलमा बिहान ५८ रुपैयाँमा किनेको गोलभेंडा व्यापारीले दिउँसो ९० रुपैयाँ प्रतिकिलोले बिक्री गरिरहेको भेटिन्छ ।

Advertisement

प्रतिक्रिया