बहाना बनाउँदै नुवाकोटका ठेकदारले काम नगरेपछि सडकको बिजोग

विदुर खबर २०७६ असोज १८ गते ८:२६

नुवाकोट । ठेकेदारको वहानाले नुवाकोटका सबै सडकहरु अस्व्यस्त बन्दा नुवाकोट भित्रने यात्रुहरुले चर्काे सास्ती व्यहोर्नु परेको छ ।

Advertisement

नुवाकोट भित्रने गल्छी–त्रिशुली–मैलुङ सडक,वालाजु–ककनी–त्रिशुली र टोखा छहरे सडक सबै राजमार्गको अवस्था हरिविजोक बन्दा नुवाकोट भित्रने यात्रुहरुले सास्ती व्यहोर्न बाध्य छन । सडकको अवस्था हरिविजोक बन्दा कुनै गाडीलाई डोजरले तानिरहेको भेटिन्छ भने यात्रुहरू जुत्ता हातमा समातेर कपडाघुँडासम्म सारेर हिलोमा हिँडिरहेका हुन्छन् । यात्रुहरू नै आफू चढेर आएको बसलाई हिलो र खाल्डोबाट उतार्न अनेक जुक्ति निकालिरहेका भेटिने गरेका छन ।

स्तरोन्नतिको नाममा बिगारेर अलपत्र छाडिएको सडक एकपछि अर्को गर्दै निर्माण गर्दा सडक ख हालत  खराब हुन पुगेको हो ।  त्यसैले दसैंमा घर आएका यात्रुहरू गन्तव्यमा कहिले पुग्ने भन्नेमा कसैले पनि यकिनपूर्वक भन्न सक्दैनन् ।सामान्यत:सार्वजनिक बसमा ६ घन्टा लाग्ने यात्रा अहिले दिनभरि लागेको उदाहरण पनि छन् ।

Advertisement

 

प्रतिक्रिया