त्रिशूली-नारायणी जलयात्रा सुरु

विदुर खबर २०७६ असोज १७ गते २२:२५

चितवन ।  त्रिशूली नदीको कालीखोलादेखि नारायणी नदीको मंगलपुर सानोगढीसम्म जलयात्रा सुरु भएको छ । १० सिट र १४ सिटका दुई वटा मोटरबोटले त्रिशूली र नारायणी नदीमा साढे ४५ किलोमिटर दूरी पार गर्नेछन् ।

Advertisement

 

मुग्लिन नारायणगढ सडकमा पर्ने इच्छाकामना गाउँपालिका–६ कालिखोलादेखि त्रिशूली नदीमा सुरु हुने जलयात्रा भरतपुर महानगरपालिका–१६ मंगलपुर सानोगढी नजिक नारायणी नदीमा पुगेर सकिने छ । ‘नेपाल सरकारले स्वीकृति दिएको यो नै अहिलेसम्मकै लामो जलयात्रा हो’ मोटरबोट सञ्चालक कम्पनी आयुश्मा मोटरबोट प्रालिका अध्यक्ष विजयचन्द्र अधिकारीको दाबी छ ।  त्रिशूली नदीमा साहसिक जलयात्रा गर्न रुचाउने पर्यटकले र्‍याफ्टिङ गर्दै आएकोमा अब अन्य पर्यटकले पनि मोटरबोटमार्फत जलयात्राको आनन्द लिन पाउने दाहालले बताए ।

प्रतिक्रिया