१५ किलो नक्कली चाँदीसहित धादिङका राज सापकोटा पक्राउ

विदुर खबर २०७६ असोज १७ गते २१:५०

धादिङ । धादिङका राज सापकोटा १५ किलो नक्कली चाँदीसहित पक्राउ परेका छन ।

Advertisement

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नक्कली चाँदीसहित धादिङ घर भई ललितपुरको महालक्ष्मीस्थान–११ इमाडोल बस्ने ३३ वर्षीय राज सापकोटालाई आज पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक उमेश लम्सालले नक्कली चाँदिलाई सक्कली चाँदी भनेर बेच्न हिँडेको अवस्थामा धुम्बाराहीबाट सापकोटालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उक्त चाँदीको मूल्य रु १० लाख ५० हजार बराबर रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया