बेलकोटगढीको ठुलोखोलामा आईचर र मोटरसाईकल एकआपसमा ठोक्किए, एकजनाको मृत्यु

विदुर खबर २०७६ असोज १६ गते २२:१४

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ ठुलोखोलामा आईचर र मोटरसाईकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन ।
मुत्यु हुनेमा रसुवाको पार्वतीकुण्ड गाउँपालिका वडा नम्बर १ का गम्बो छिरिङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचार गर्न लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

काठमाण्डौबाट त्रिशुलीतर्फ आउदै गरको बा २ क ५९६३ नम्वरको आईचरले विपरित दिशातर्फ जांदै गरेको बा ६३ प ४३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि उत्तम तामाङ, टेक बहादुर तामाङ र चन्दामाया तामाङ घाईते भएका छन । घाइतेमध्ये उत्तमको हात भाचिएको छ भने टेक बहादुरको खुट्टामा चोट लागेको छ । त्यस्तै चन्दामायाको टाउकोमा गम्भीर चोट लागेको नुवाकोटका प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले जाकनारी दिए ।

घटनापछि मोटरसाईकललाई ठक्कर सदने आईचर चालक भक्तपुर नगपालिका वडा नम्बर ५ ब्यासीका कृष्णप्रसाद खलापलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइररहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको हो ।

Advertisement

प्रतिक्रिया