बेलकोटगढीको ठुलोखोलामा आईचर र मोटरसाईकल एकआपसमा ठोक्किए, एकजनाको मृत्यु
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ ठुलोखोलामा आईचर र मोटरसाईकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन ।
मुत्यु हुनेमा रसुवाको पार्वतीकुण्ड गाउँपालिका वडा नम्बर १ का गम्बो छिरिङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचार गर्न लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौबाट त्रिशुलीतर्फ आउदै गरको बा २ क ५९६३ नम्वरको आईचरले विपरित दिशातर्फ जांदै गरेको बा ६३ प ४३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि उत्तम तामाङ, टेक बहादुर तामाङ र चन्दामाया तामाङ घाईते भएका छन । घाइतेमध्ये उत्तमको हात भाचिएको छ भने टेक बहादुरको खुट्टामा चोट लागेको छ । त्यस्तै चन्दामायाको टाउकोमा गम्भीर चोट लागेको नुवाकोटका प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले जाकनारी दिए ।
घटनापछि मोटरसाईकललाई ठक्कर सदने आईचर चालक भक्तपुर नगपालिका वडा नम्बर ५ ब्यासीका कृष्णप्रसाद खलापलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइररहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया