नेकपा किस्पाङ गाउँपालिकाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

विदुर खबर २०७६ असोज १६ गते २०:४३

किस्पाङ । नेकपा नुवाकोटको किस्पाङ गाउँपालिका कमिटि आयोजनामा बिहिबार वडा दशैको शुभकामना दानाप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रममा प्रतिनिधिसभामा सांसद नारायण प्रसाद खतिवडाले सरकारले विकास निर्माणको काममा सरकारले ध्यान दिइरहेकोले सरकारका निति तथा कार्यक्रमलाई सबैले सहयोग गनुपर्ने बताए । त्यस्तै नेकपा नुवाकोटका अध्यक्ष तथा प्रदेश सभासद हिरानाथ खतिवडाले पार्टीका सबै कार्यकर्ता एकढिक्का भएर अगाडी बढेमा देश र पार्टीको भलो हुने बताए ।
कार्यक्रममा नेकपा किस्पाङ गाउँपालिकाका विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया