कांग्रेस तारकेश्वर गाउँपालिकाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

विदुर खबर २०७६ असोज १५ गते २२:४७

नुवाकोट । नेपाली कांग्रेस तारकेश्वर गाउँपालिका वडा नम्बर २ र ३ को संयुत्त आयोजनामा बुधबार दशै विशेष कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

वडा नम्बर ३ को रैकरधारामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । शुभकामना कार्यक्रममा बोल्दै कांग्रेसको तर्फबाट गाउँपालिकाका अध्यक्षका प्रत्याशी चोकराज शाक्यले गाउँपालिकाको काम कारवाही गतल र अनैतिक प्रक्रियाबाद्ध चलेको बताएका छन । शाक्यले गाउँपालिकाले गरेका कामको विवरण माग्दा सधै झारा टार्ने काम मात्र भएको बताए ।

त्यस्तै वडा नम्बर ३ का वडाअध्यक्ष सुर्यमान श्रेष्ठले गाउँपालिकाले आफ्नो वडाभित्र ८ महिनायता सामाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै बृद्धबृद्धालाई दुख दिने काम भएको बताए । उानले ४ सय जना विगत ८ महिनायता सामाजिक सुरक्षा भत्तबाट बन्चित भएको भन्दै गाउँपालिकाका अध्यक्ष रमेश वस्तीको नियत राम्रो नभएको बताए । त्यस्तै वडा नम्बर १ का वडाअध्यक्ष दयानीधि अधिकारीले सामाजिक सुरक्षामाथि गाउँपालिकाका अध्यक्ष वस्तीले राजनिति गर्न खोजेको बताए । उनले गाउँपालिकाका अध्यक्ष वस्तीले कांग्रेसले जितेका वडामा बजेट समेत समानुपातिक हिसाबले वितरण नगरेर नाङ्गो नाँच देखाएको बताए ।

Advertisement

कार्यक्रममा केन्द्रिय प्रतिनिधि नविन अधिकारी,क्षेत्रिय प्रतिनिधि वृद्धिमान श्रेष्ठ लगायतले सामाजिक सुरक्षामामाथि गाउँपालिकाले खेलवाड गरे गाउँपालिकामा ताला लगाएर भएपनि भत्ता वितरणका दबाब दिनुपर्ने बताए । त्यस्तै वृद्धवृद्धाहरुको गाउँपालिकाले समयमै भत्ता वितरण नगरेर आफुहरुलाई मर्कामा पारेको गुनासो गरेका थिए ।

प्रतिक्रिया