लिखुको गड्खार पुलमा आइचर दुर्घटना, ३ जना घाईते

विदुर खबर २०७६ असोज १५ गते २२:०१

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाको गड्खार पुल नजिक आइचर दुर्घटना हुँदा तीन जना घाइते भएका छन ।

Advertisement

काठमाण्डौबाट ढिकुरे तर्फ आउदै गरेको बा ५ ख ४६६१ नम्बरको आइचर आफै अनियन्त्रित करिव ४० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा परि सुर्यगढी गाउँपालिका वडा नम्बर ५ का आइचर चालक नबराज लामिछाने, सहचालक, बिक्रम तामाङ र पन्चकन्या गाउँपालिका वडा नमबर ४ आरुखर्कका यात्रु कृसला शाही घाइते भएको नुवाकोटका प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।

घाइतेमध्ये चालक लामिछानेको टाउकोमा चोट लागेको छ भने सहचालक तामाङको दाहिने खुट्टामा गम्भिर चोट लागेको छ । त्यस्तै शाहीको बायाँ हात र निधारमा चोट लागेको छ । घाईतेमध्ये लामिछाने र तामाङको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ भने शाहीलाई सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ लगिउको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया