लिखुको गड्खार पुलमा आइचर दुर्घटना, ३ जना घाईते
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाको गड्खार पुल नजिक आइचर दुर्घटना हुँदा तीन जना घाइते भएका छन ।
काठमाण्डौबाट ढिकुरे तर्फ आउदै गरेको बा ५ ख ४६६१ नम्बरको आइचर आफै अनियन्त्रित करिव ४० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दुर्घटनामा परि सुर्यगढी गाउँपालिका वडा नम्बर ५ का आइचर चालक नबराज लामिछाने, सहचालक, बिक्रम तामाङ र पन्चकन्या गाउँपालिका वडा नमबर ४ आरुखर्कका यात्रु कृसला शाही घाइते भएको नुवाकोटका प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।
घाइतेमध्ये चालक लामिछानेको टाउकोमा चोट लागेको छ भने सहचालक तामाङको दाहिने खुट्टामा गम्भिर चोट लागेको छ । त्यस्तै शाहीको बायाँ हात र निधारमा चोट लागेको छ । घाईतेमध्ये लामिछाने र तामाङको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ भने शाहीलाई सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ लगिउको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया