नुवाकोट प्रहरीको सरसफाई अभियान शुरु
विदुर खबर
२०७६ असोज १४ गते १७:३०

नुवाकोट । नुवाकोट प्रहरीले ६४ औ प्रहरी दिवस २०७६ को अवसर पारेर सदरमुकाम विदुर आसपासका स्थानहरुमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।
जिल्ला प्रहरी कार्यालय विदुरको आयोजनामा भएको सरसफाई कार्यक्रममा बिदुरमा रहेको राउलधारा तथा शिव मन्दिर परिसरमा सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अबिनारायण काफ्ले ,पुर्व प्रहरी संगठन नुवाकोटका पदाधिकारीहरु, सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटका अध्यक्ष उत्सव अर्याल, विदुर नगरपालिका वडा नम्बर २ का वडासदस्यहरु तथा प्रहरीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया