जन्मदिनको अवसरमा छात्रवासका बालबालिकालाई सहयोग

विदुर खबर २०७६ असोज १४ गते १६:४०

विदुर । विदुर नगरपालिका वडा नम्बर ६ ईनारपाटीका स्थानयि तथा लोकप्रिय उपभोत्ता सहकारी संस्था लिमिटेडका व्यवस्थापक राजकुमार पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर विदुर विदुरमा रहेको आमाको माया छात्रवासका विद्यार्थीहरुलाई खाध्यान्न र शैक्षिक सामाग्री वितरण गरेका छन ।

Advertisement

पौडेलले मंगलबार आफ्नो ४० औ जन्मदिनको अवसर पारेर छात्रवासका बालबालिकाहरुलाई सहयोग गरेका हुन । उनले जीवनमा कमाएको केही अंश असाहय र गरिव बालबालिकाको क्षेत्रमा खर्च गर्ने उदेश्य अनुसार छात्रवासका विद्यार्थीहरुलाई खाध्यान्न,शैक्षिक सामाग्री र खेलकुद सामाग्री वितरण गरेका छन । पौडेलले आगामी दिनमा पनि छात्रवासको विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा छात्रवासका अध्यक्ष सोमप्रसाद पाण्डेले रामकुमार पौडेलजस्ता दानाविरहरुको सहयोगमा छात्रवास चल्ने गरेको भन्दै सबैले मिलेर सहयोग गरेमा बालबालिकाले सहज तरिकाले जीवनयापन गर्न सक्ने बताए । पाण्डेले आगामी दिनमा सबैको सहयोग पाएमा छात्रवासमा रहेका बालबालिकाको स्याहार संहार गर्न सकिने बताए ।  कार्यक्रममा समाजसेवी तथा नेकपाका नेता लिलानाथ न्योपाने,समाजसेवी पुरुषोत्तम डोटेल, लोकप्रिय उपभोत्ता सहकारी संस्थाका अध्यक्ष केशववहादुर कुमाल, सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटका अध्यक्ष उत्सव शर्मा लगायतको उपस्थिति रहेको थियो । छात्रावासमा अहिले २४ जना बालकहरु छात्रावासमा रहेका छन ।

Advertisement

प्रतिक्रिया