सामुदायिक विकास समाजद्धारा लिखुका गोपी मिजारलाई घुम्तीघर वितरण

विदुर खबर २०७६ असोज १३ गते २२:३०

ढिकुरे । सामुदायिक विकास समाज (सिडिएस) ले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ घर भई हाल लिखु गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्दै आएका ४१ वर्षिय गोपी मिजारलाई घुम्ती घर वितरण गरेको छ ।

Advertisement

सोमबार लिखु गाउँपालिकाको ढिकुरेमा एक कार्यक्रमको आयोजना गरि मिजारलाई गाउँपालिकाकी उपप्रमुख रोजिना राई, वडा नम्बर १ का वडाअध्यक्ष नरहरी पाण्डे सामुदायिक विकास समाज (सिडिएस) का अध्यक्ष राजकुमार आचार्यले संयुत्त रुपमा घुम्ती घर वितरण गरेका हुन । लिखुको ढिकुरेमा जुत्ता सिलाउने काम गर्दे आएका मिजारलाई सामुदायिक विकास समाज (सिडिएस) ले निर्माण गरिदिएको घरको लागत एकलाख २५ हजार रुपैयाँ बराबरको रहेको संस्थाका अध्यक्ष राजकुमार आचार्यले जानकारी दिए । बारीको पाटोमा पानी चुहिने र शौचालय नभएको कटेरोमा बस्दै आएका मिजारलाई वस्न र व्यवसाय गर्न सहज होस भन्ने अभिप्रायले घुम्ती घर वितरण गरेको संस्थाका अध्यक्ष आचार्यले जानकारी दिए ।

उनले मिजारको विषयमा सामाजिक संजालबाट थाहा पाएपछि जसरी पनि सहयोग गर्नुपर्ने विचार आएपछि सहयोग गरेको बताए । उनले आगमी दिनमा पनि गोपी र उनीजस्तै वेसाहारा र अशत्तहरुलाई संस्थाको तर्फबाट सहयोग गर्ने बताए ।
ढिकुरे बजारमा प्रतिमहिना तीन हजारमा जग्गा भाडामा लिएर पानी चुहिने कटेजमा बस्दै आएका मिजारले घुम्ती घर पाएपछि खुशी व्यक्त गरेका छन । “घाम र पमनी पर्दा कजेटमा बस्नै सक्ने अवस्था थिएन, अब भने ढुक्कसँग घरमै बसेर काम गर्न पाइने भएको छ,” खुशी हुँदै मिजारले भने । त्यस्तै घुम्ती घर पाएपछि गोपीकी श्रीमति पनि रमा पनि दङ्ग देखिएकी छिन । टहरोमा बस्न समेत धौधौ परेको अवस्थामा बस्ने र काम गर्न मिल्ने घुम्तीघर पाएपछि रमाले यहि घुम्ती घरमा पसल राखेर जीविकोपार्जन गर्ने समेत बताइन ।

Advertisement

यसैविच सामुदायिक विकास समाज (सिडिएस) ले गोपीका छोरालाई समेत सोमबार नै एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामाग्री वितरण गरिएको छ ।

प्रतिक्रिया