नुवाकोटका यातायात क्षेत्रमा सुधारको माग गर्दे प्रजिअलाई ज्ञापनपत्र

विदुर खबर २०७६ असोज १३ गते १७:४४

विदुर ।  संवाद समूह नुवाकोटले जिल्लामा भएको यातायात क्षेत्रका यावत समस्याहरुको सुधार हुनुपर्ने माग गर्दै सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

Advertisement

संवाद समुह नुवाकोटका संयोजक सन्तोष खनालसहितको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको हो । खनालले बुझाएको ज्ञापनपत्रमा नुवाकोटमा रहेका पेट्रोलियम व्यवसायीले पेट्रोलमा एक रुपैयाँ बढी लिने गरेको, सार्वजनिक सवारी साधनमा सरकारले छुट दिएका विद्यार्थी ,ज्येष्ठ नागरिक, अपा¨ग, जनआन्दोलनका घाइतेहरुले सरकारले तोके अनुसारको छुट तथा सुविधा नपाउने गरेको, चाडपर्वको समयमा धेरै दिनसम्म टिकट काउण्टर बन्द गर्ने र यातायात व्यवसायीले मनोमानी भाडा लिने गरेको भन्दै तत्काल यस विषयमा सुधारको माग गर्दे उनीहरुले प्रजिअ पोखरेलको ध्यानाकर्षण गराएका छन । त्यस्तै नुवाकोटको बालाजु–ककनी–त्रिशुली, टोखा छहरे–ढिकुरे सडकखण्ड सुधार गर्नुपर्ने, जिल्लामा सञ्चालन भइरहेका यातायात व्यवसायीहरुको भाडादरमा एकरुपता कायम हुनुपर्ने, गल्छी–देविघाट सडकखण्डमा सरकारले कायम गरेको भाडादर लागु गर्नुपर्ने र बसपार्क बाहेक अन्य स्थानबाट टिकाट नकाढ्ने र चिटको भरमा यात्रु बोक्ने प्रवृति बढेकोले यात्रु र व्यवसायीवीच विवाद उत्पन्न हुने गरेको भन्दै समुहले टिकट प्रणालीलाई व्यवस्थित गर्ने वातावरण तयार गर्न माग गरेको छ ।

त्यस्तै नेपालीहरुको ठुलो चाड बडादशै, तिहार र छठ लगायतका विभिन्न चाडपर्वमा बजार अनुगमन गरि ढक तराजु नापजाचँ नियमित चेक जाँच गर्न समुहे प्रमुख जिल्ला अधिकारीसँग माग गरेको छ । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले यातायात लगायत सबै क्षेत्रमा देखिएका समस्याहरुलाई सबैसँग छलफल गरेर अघि बढ्ने बताए । संवाद समूह नुवाकोटले जिल्लामा विभिन्न विषयमा देखिएको द्धन्दहरुलाई समाधान गर्न वार्ताको मानध्यमबाट सकरात्मक पहल गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया