रोल्पामा बस दुर्घटना २ जनाको मृत्यु

विदुर खबर २०७६ असोज १३ गते १५:४४
फाईल फोटो ।

रोल्पा । दसैंको मुखमा रोल्पाको सुलिचौर बजारमा बस दुर्घटना भएको छ। दुर्घटनामा परि बस चालकसहित २ जनाको ज्यान गएको छ।

Advertisement

सुलिचौरबाट सिर्पतर्फ जान लागेको आशिर्वाद सेवा प्रालिको उक्त बस मोड्ने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा परि बसका चालक रोल्पा लुंग्री गाउपाँलिका-३, सिमगिठेका यामबहादुर घर्तीमगर र अर्का एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। दुर्घटनामा मृत्यु भएका अर्का व्यक्तिको भने अझै पहिचान खुल्न सकेको छैन।

प्रतिक्रिया