सडक दुर्घटना न्युनिकरण गर्न नुवाकोट प्रहरीको सडक सभ्यता कार्यक्रम

विदुर खबर २०७६ असोज १२ गते १९:४६

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको संयुक्त आयोजनामा आईतबार बट्टारमा सडक सचेतना कार्यत्रधmम सम्पन्न भएको छ ।

Advertisement

नेपालीहरुको महान चाड बिजया दशमी, शुभ–दिपावली र छठ पर्वको अबसरमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी–साधनहरुमा यात्रा गर्ने यात्रुहरुको यात्रालाई सुरक्षित बनाउने “सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अबिना।ायण काफ्लेले जाकनारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सडकको अवस्था नाजुक भएपनि सबैले मिलेर दुर्घटना न्युनिकरण गर्ने अभियानमा लाग्नुपर्ने बताए । कार्यक्रममा प्रजिअ पोखरेलले नुवाकोट जिल्लाबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी–साधनका चालक तथा सहचालकलाई फुलमाला लगाई सुखद यात्राको शुभकामना व्यक्त गरेका थिए । सो क्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख काफ्ले र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईले सार्वजनिक सवारी–साधनमा चढी चालक, सह–चालक तथा सवार यात्रुहरुलाई जनचेतनामुलक पर्चा,पम्प्लेट बितरण गर्दै दुर्घटना न्युनीकरणको लागी सबै पक्षलाई सहभागी हुन आव्हान गरेका थिए । कार्यक्रममा १५ वसका चालक तथा सहचालकलाई सम्मान गरिएको थियो ।

Advertisement

प्रतिक्रिया