बेलकोटगढीको बाघखोरमा बजार अनुगमन, अखाध्य वस्तु भेटियो
विदुर खबर
२०७६ असोज ११ गते २१:०९
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले शनिबार बाघखोर क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरेको छ ।
नगरपालिकाकी उपप्रमुख कविता ढुंगानाको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनको क्रममा मुल्यसूचि नटाँसिएकोे, पसलको नाम स्पष्ट नभएको, नगरापालिकामा दर्ता नभएको र समय सकिएको अखाद्य बस्तुहरु बेच्ने गरेको अवस्थामा भेटिएको उपप्रमुख ढुंगानाले विदुर खबरलाई जानकारी दिनुभयो ।
पसलहरुमा मुल्यसूचि नटासिएकोे, समय सकिएको अखाद्य बस्तुहरु बेच्ने गरेको गुनासो बढेपछि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको नगरपालिकाकी उपप्रमुख ढुंगानाले बताउनुभयो । उहाँले अनुगमनको क्रममा दोषी देखिएकाहरुलाई पहिलो पटक चेतावनी दिएर छाडिएको जानकारी दिनुभयो । उपप्रमुख ढुंगानाले नगरपालिकाले उपभोत्ता नठगिउन् भन्ने हिसावले चाडपर्वको समयमा समेत बजार अनुगमनलाई तिव्रता दिने जानकारी दिनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप





प्रतिक्रिया