बेलकोटगढीको बाघखोरमा बजार अनुगमन, अखाध्य वस्तु भेटियो

विदुर खबर २०७६ असोज ११ गते २१:०९

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले शनिबार बाघखोर क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरेको छ ।

Advertisement

नगरपालिकाकी उपप्रमुख कविता ढुंगानाको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनको क्रममा मुल्यसूचि नटाँसिएकोे, पसलको नाम स्पष्ट नभएको, नगरापालिकामा दर्ता नभएको र समय सकिएको अखाद्य बस्तुहरु बेच्ने गरेको अवस्थामा भेटिएको उपप्रमुख ढुंगानाले विदुर खबरलाई जानकारी दिनुभयो ।

पसलहरुमा मुल्यसूचि नटासिएकोे, समय सकिएको अखाद्य बस्तुहरु बेच्ने गरेको गुनासो बढेपछि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको नगरपालिकाकी उपप्रमुख ढुंगानाले बताउनुभयो । उहाँले अनुगमनको क्रममा दोषी देखिएकाहरुलाई पहिलो पटक चेतावनी दिएर छाडिएको जानकारी दिनुभयो । उपप्रमुख ढुंगानाले नगरपालिकाले उपभोत्ता नठगिउन् भन्ने हिसावले चाडपर्वको समयमा समेत बजार अनुगमनलाई तिव्रता दिने जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया