केन्द्रीय गृहमन्त्रीलाई ६ प्रदेशका गृहमन्त्रीको गुनासो– स्रोतसाधन नहुँदा काम गर्न गाह्रो भो
काठमाडौं । ६ वटा प्रदेशका गृहमन्त्रीहरुले केन्द्र सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग आवश्यक स्रोतसाधनको अभावमा प्रभावकारी काम गर्न गाह्रो भएको गुनासो गरेका छन् । बुधबार (आज) सिहंदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।
छलफलमा २ नम्बर प्रदेशका गृहमन्त्री भने अनुपस्थित थिए । बैठकमा प्रदेश गृहमन्त्रीहरुले प्रदेशको शान्ति सुरक्षाका चुनौती, आवास, सवारी साधन र पर्याप्त जनशक्ति अभावबारे जानकारी गराएको गृहमन्त्री थापाका सल्लाहकार सूर्य सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार जवाफमा गृहमन्त्री थापाले प्रदेशमा देखिएका समस्यालाई हल गर्न केन्द्र सरकार गम्भीर रहेको बताएका थिए ।
थापाले मुलुकको शान्तिसुरक्षा र सार्वभौमिताप्रति सतर्क रहँदै शान्तिसुरक्षाको प्रबन्ध मिलाउन आग्रहसमेत गरेका थिए । ७ प्रदेशमध्ये २ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा वाम गठबन्धनकै गृहमन्त्री छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया