बट्टार बसपार्कमा यात्रु सहायता कक्षको स्थापना

विदुर खबर २०७६ असोज ११ गते १९:५१

नुवाकोट । दशैं र तिहारमा यात्रुलाई यात्रा सहज पुराउन भन्दै नुवाकोट प्रहरीले विदुर नगरपालिका वडा नम्बर ४ बट्टार बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

Advertisement

जिल्लाबाट आवत जावत गर्ने सवारीले चाडवाडमा यात्रुलाई ठग्ने गुनासो आएका कारण बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सरकारले तोकेभन्दा बढी भाडा लिने, राम्रो सिट मिलाई दिन्छु भनेर जथाभावी राख्ने, यात्रुलाई अभद्र व्यवहार गर्ने गुनासो आउने गरेकाले यात्रुको सहायताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईले जानकारी दिए ।

यात्रुबाट आएका गुनासो तत्काल सम्बोधन गर्ने गरी सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले बताए । भाडादर, सिट र सवारीको सेवा सुविधा सरकारको नियमअनुसार नभए तत्काल कारवाही गर्ने बताइएको छ ।

Advertisement

प्रतिक्रिया