नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

विदुर खबर २०७६ असोज ११ गते १९:००

नुवाकोट ।  नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।

Advertisement

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार सम्पन्न विशेष साधारण सभाबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विनय राज पाण्डेलाई बहुमत मतले हराएर चन्द अध्यक्षमा निर्वाचित भएका हुन् । ५९ प्रतिनिधि रहेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गरे । पाण्डेले १५ मत प्राप्त गरे  ।

अन्य पदाधिकारीमा समेत चन्द प्यानलले बहुमत प्राप्त गरेको छ । १७ सदस्सीय कार्यसमिति रहेको संघको उपाध्यक्षमा चन्द प्यानलका राजुबाबु श्रेष्ठले ४१ मत पाएर निर्वाचित भए । पाण्डे प्यानलका मिङ्मा डाण्डु शेर्पाले १७ मत पाए । संघको सचिवमा चन्द प्यानलका अशोकनाथ प्याकुरेल ४३ मत पाउँदै निर्वाचित भए । उनका प्रत्यासी विनोद कुमार मैनालीले १५ मत पाए ।कोषाध्यक्षमा चन्द प्यानलका रोशन कुमार सिंह ४५ मत पाएर निर्वाचित भए । उनका प्रत्यासी उपेन्द्र भट्टराईले १२ मत पाए ।

Advertisement

खुल्ला सदस्यमा दुर्गा राज पाठक (४२), बिरेन्द्र वहादुर चन्द (३६), माधव कुमार कर्माचार्य (३५),संजय राज सिंह (३४) र करन महोत्रा छेत्री (३०) मत ल्याएर निवार्चित भए । निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गरेका थिए । आईसीसीले निलम्बन गरेको झण्डै साढे ३ वर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो ।

नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो । सोही विधानमा टेकेर आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन गरेको हो । क्यानमा नयाँ नेतृत्व आएसँगै क्यान निलम्बन फुकुवाको ढोका खुलेको छ ।

Advertisement

प्रतिक्रिया