तादीको विज्ञान मावि गाउँपालिकालाई हस्तान्तरण

विदुर खबर २०७६ असोज ९ गते २०:२८

नुवाकोट । नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ५ मा जापानि सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा निर्माण भएको विज्ञान मावि गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

Advertisement

५ कराेड सत्तरी लाख चाैरासिहजार पाचसए अन्ठानब्बे रुपैया लागतमा जाईकाकाे सहयाेगमा नेपाल सरकार द्वारा निर्मित भवनकाे अाज एक कार्यक्रमका बिच चावि हस्तान्तरण भएको हाे । तादि गाउँपालिकाका अध्यक्ष नारायण पाण्डे ज्युकाे प्रमुख अातित्थ्यमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हाे ।उक्त कार्यक्रममा लिखु गाउँपालिकाे अध्यक्ष तथा नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति धुर्व श्रेष्ठ , डिएलपियु नुवाकोटका प्रमुख,जिल्ला अायाेजना कार्यनयन ईकाइ ( शिक्षा) नुवाकोटका प्रमुख दिनानाथ गाैतम ,र ईन्जिनियर सुमन पाेखरेल , वडा अध्यक्ष लेलिन रन्जित , तादि गाउँपालिका वडा न ५ र ६ का वडा अध्यक्ष बिष्णु अधिकारी , केशव थापा ,ने बि संघ क्षेत्रीय अध्यक्ष तथा ने का महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र नेपाली काङ्ग्रेस नर्जाका ईकाई सभापति रामेश्वर भण्डारी वडा सदस्य गाेपाल खनाल लगायतले अाफ्ना भनाई राख्नुभएको थियाे कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा अाफ्नाे महत्त्वपूर्ण भनाइ राख्नु हुँदै अध्यक्ष पाण्डेले अब भाैतिक रुपमा मात्रै हैन भाेलिकाे दिनमा बैज्ञानिक र गुणस्तरीय शिक्षाकाे लागि गाउँपालिकाले कुनै कसर बाकि नराखि अगाडि बड्ने बताउनुभयाे ।

उक्त नवनिर्मित भवन नुवाकोटका जाईकाकाे सहयोगमा निर्मित ५७ वटा भवन मध्य सभाहल सहित भएको पहिलाे भवन बनेकाे बिज्ञान मा बि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा तादि गाउँपालिकाकाे उपाध्यक्ष ईश्वरी उप्रेतिले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया