टिमुरे यातायातको सेवा पोखरामा पनि पाइने

विदुर खबर २०७६ असोज ९ गते १२:१४

नुवाकोट । टिमुरे यातायात प्रालिले यही असोज १२ गतेबाट रसुवाको धुन्चेदेखि कास्कीको पोखरासम्म सेवा दिने भएको छ ।

Advertisement

प्रालिले पृथ्वी यातायातसँगको सहकार्यमा रसुवाको धुन्चेदेखि – कास्कीको पोखरासम्म बस संचालन गर्न लागेको टिमुरे यातायातका अध्यक्ष प्रकाश जोशीले बताए । उनले चाडपर्व र यात्रुहरुको माग अनुसार बस संचालन गर्न लागेको जानकारी दिए । जोशीले यात्रुको माग र आवश्यकतालाई सधै आफुहरुले आत्मसाथ गर्दे आइरहेको भन्दै सधै यात्रुको माग र आवश्यकता अनुसार बस संचालन गर्ने बताए ।

बस टिकट अग्रमि टिकट बुकिङको कार्यालयमा मात्रै धाउनु नपर्ने भन्दै अनलाईन गेटवे खल्ती वालेट, ई–सेवा र बस सेवा मार्फत पनि काट्न सकिने टिमुरे यातायात प्रालिले जानकारी दिएको छ । टिमुरेले दशैको लागि भने शुक्रबारबाट अग्रिम बुकिङ खुल्ला गर्ने भएको छ ।

Advertisement

“भरपर्दो, सुरक्षित र आरामदायी यात्रा(हाम्रो प्रतिबद्धता” भन्ने नारासहित २०७५ असोज २६ गतेबाट आफ्नो सेवा सुरु गरेको टिमुरे यातायातले अहिले टिमुरे, त्रिशुली, पार्टीखर्क, टिकादुङ, काठमाडौं लगायतका स्थानमा सेवा दिइरहेको छ । टिमुरेले टिकट काट्नको त्रिशुली, बट्टार, देविघाट, स्याफ्रुबेँसी, काठमाण्डौको माछापोखरीमा लागि काउन्टर स्थापना गरेको जनाएको छ ।

प्रतिक्रिया