प्रधानमन्त्रीको प्रश्न– देशले थाहा नपाउने जन्ममिति कस्तो जन्ममिति ?

विदुर खबर २०७४ फागुन ३० गते १५:४१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशले थाहा नपाउने कस्तो जन्ममिति भनेर पदमुक्त प्रधानन्याधीश गोपाल पराजुलीको जन्मितिको बारेमा टिप्पणी गरेका छन् ।

Advertisement

प्रधानन्याधीश पराजुलीलाई न्याय परिषद सचिवालयले आज अपरान्ह अवकाश भइसकेको जानकारी गराएपछि ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले भने, “प्रधानन्याधीस र प्रधानन्याधीसको रोल क्रममा भएको अवस्थामा कतिलाई लाग्दो हो प्रधानमन्त्री नबोल्दिए हुन्थ्यो । तर, नबोलर के गर्नु न्यायालय धकधकी उम्लिरहेको छ । अब के बोल्नु ? के नबोल्नु ? बोलेर के हुने ? बेन्च बसेको छैन । न्याय पाउँ भन्ने मान्छेहरु पुर्पुरोमा हात राखेर फर्किराखेका छन् । देशमा 5 र 6 भन्ने चलन छ । प्रधानमन्त्री, राष्ट्रपति उपराष्ट्रपति, सभामुख, उपसभामुख र राष्ट्रियसभाका अध्यक्ष, यी कहिले कहिले जन्मेको हो भन्ने नै देशलाई नै थाहा छैन । देशले थाहा नपाउने प्रधानमन्त्री, प्रधानन्याधीस कहिले जन्मेको हो ? यो कुनै मल्ल युद्धको विषय हो ? कुस्ति खेल्ने विषय हो यो ? के भएको यो देशमा ? प्रमाणपत्र भनेको त जे साचो हो त्यसको प्रमाण दिइन्छ । एउटा प्रमाणपत्र अर्को प्रमाण पत्र के गरेको यो ? जे साचो हो त्यसको प्रमाण हुन्छ । तपाईं हामी यहाँ बसेको फोटो खिचिन्छ । त्यो साचो हो । बडो विचित्रको जीन्दगी, यस्तो विचित्रको जिन्दगी यस्तो ठाउँमा मान्छेले आफ्नो आस्था अड्याउन चाहन्छ । त्यस्तो ठाउँमा समस्या सह्य हुने छैन । कुनै पनि अपराधी, असामाजिक तत्वले समाजमा समस्या खडा गर्न खोज्ने, संविधान कानुनको वर्खिलाप गर्न खोज्ने त्यस्ता तत्वले यो पक्षले त्यो पक्षबाट फाइदा लिएर अगाडि जान्छु भन्ने नसोचे हुन्छ ।”

Advertisement

प्रतिक्रिया