नुवाकोटको त्रिशुली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

विदुर खबर २०७६ असोज ८ गते १०:२५

नुवाकोट । नुवाकोटमा  पछिल्लो केही हप्तादेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

Advertisement

जिल्ला अस्पताल लगायत अन्य स्वास्थ्य संस्थामा समेत भाइरल ज्वरोका बिरामीको संख्यामा बृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन् । पहिलको तुलनामा अहिले विरामी बढेको त्रिशुली अस्पतालले जनाएको छ । पहिले ५० जनासम्म देनिक विरामी आउने गरेपनि अहिले २ सयसम्म पुग्न थालेको बताइएको छ ।जिल्ला अस्पताल त्रिशुलीमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको संक्रमण देखापरेको जिल्ला अस्पतालका त्रिशुलीका डा. जयराम पाण्डेले बताए । उनले भने, ’अस्पतालमा भाइरल ज्वरोका बिरामी थपिँदै जान थालेका छन, उपचार गर्नमा हामीलाई पनि समस्या हुन थालेको छ ।’

हल्का ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्ने लगायत लक्षण भएका बिरामीको संख्या प्रतिदिन बढ्दै गएको अस्पतालले जनाएको छ ।

Advertisement

प्रतिक्रिया