ककनी गाउँपालिकाले गाईभैसी ब्याउँदा तीनहजार सुत्केरी भत्ता दिने
विदुर खबर
२०७६ असोज ६ गते १९:४३
नुवाकोट । ककनी गाउँपालिकाले गाउँपालिका भित्रका पशुपालनमा संलग्न भएका किसानहरुलाई प्रोत्साहन गराउन गाई भैसी ब्याउदा सुत्केरी भत्ता दिने भएको छ ।
ककनी गाउँपालिकाले पालिका भित्र रहेका किसानहरुले पालेका गाई भैसी ब्याएपछि तिन हजार रुपैयाँ दिने निर्णय गरेको छ । कृषकहरुलाई पेसा प्रति जागरुक र आत्मनिर्भर बनाउनको लागी गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष मनबहादुर लामाले बताए ।
किसानले पालेको गाई भैसी ब्याएपछि प्रति गाई भैसीलाई ३÷३ हजार दिने गाउँपालिकाले निर्णय गरिसकेकोले किसानहरुलाई गाउँपालिका सम्पर्क गर्न उनले आग्रह गरे । आगामी दिनमा कृषि पेशा र पशुपालनबाट किसानहरु आत्मनिर्भर बन्नको लागी ककनी गाउँपालिकाले अन्य सेवा र सुबिधाहरुको लागी पहल गर्ने गाउँपालिका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया